हर्क साम्पाङको पार्टीले सार्वजनिक गर्‍यो घोषणापत्र र एजेन्डा

`

     २०८२ मंसिर १७ गते ४:२२

काठमाडौँ, १६ मङ्सिर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्नो घोषणापत्र र एजेन्डा सार्वजनिक गरेको छ ।

अध्यक्ष साम्पाङले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । उनको घोषणापत्रमा देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको उल्लेख छ । जनतालाई देश र माटोसँग जोड्नु आवश्यक रहेको उनको दाबी छ । केवल योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुने र छिटो विकासका लागि श्रमदान अपरिहार्य रहेको उनको घोषणापत्र उल्लेख रहेको छ ।

श्रमदानबाट विकास गर्दा जनता आफैँ संलग्न हुने उनको भनाइ छ । देशको दिगो विकासलाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टी स्थापना गरिएको उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?