आज विराटनगरमा नेकपाको एकता सन्देश सभा

`

     २०८२ मंसिर १६ गते ११:५२

काठमाडौँ, मंसिर १५ । नेपाली कम्युनिष्ट पार्टीले आज विराटनगरमा एकता सन्देश सभा गर्दै छ ।

विराटनगरस्थित जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजेदेखि सभा हुने पार्टीले जनाइएको छ ।

सभामा नेकपा संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?