काठमाडौँ ,१५ मंसिर । हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले आफ्नो पोखरा भ्रमणलाई लिएर नेकपा एमाले र केही समूहले अवरोध गर्न खोजेको आरोप लगाएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत संयोजक गुरुङले आफूहरू पोखरा आउने खबर पाएपछि कार्यक्रम बिथोल्ने प्रयास भइरहेको दाबी गरेका हुन्।
उनले पोखरामा नयाँ पुस्ता (जने-जी) को संगठन विस्तार र आम नागरिकसँग भेटघाटका लागि आफूहरू निस्किएको जानकारी दिएका छन्।
गुरुङले भने ‘पोखरामा जेन–जी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमा(बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू भेट्न हामी पोखरा निस्कियौँ। तर, हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ।’




