एमाले पार्टी ओलीको वरिपरि घुमेको झलनाथ खनालको दाबी

`

     २०८२ मंसिर १५ गते ५:३६

काठमाडौं, १४ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफ्नो पार्टी नितान्त फरक कम्युनिस्ट पार्टी भएको दाबी गरेका छन् । आइतबार पोखरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले नेकपा नीति प्रधान भएर अघि बढ्ने पनि जिकिर गरे ।

‘अब हामी नेपाली कम्युनिस्ट पार्टीमा आएका छौं । यो नितान्त फरक कम्युनिस्ट पार्टी हो । यो पार्टी अब नीति प्रधान पार्टी भएर अघि बढ्ने छ । नेता प्रधान होइन,’ खनालले भने ।

उनले नेकपा एमाले भने नेता प्रधान पार्टी भएको बताउँदै एउटै नेताको वरिपरि पार्टी घुमेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?