काठमाडौं, मंसिर १० । जेन-जी अगुवा मिराज ढुङ्गानाले सरकारले तीन महिनादेखि युवापुस्ताको आवाज दबाउने काम गर्दै आएको बताएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले युवापुस्ताका माग पूरा गर्छौं भनेर तीन महिनादेखि आश्वासन दिएपनि अहिलेसम्म परिणाम शून्य रहेको बताउँदै उनले अहिले आएर प्रधानमन्त्रीले भेट्नसमेत समय नदिएपछि अब चुप लागेर नबस्ने उनले चेतावनी दिएका छन् ।
समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफ्नो अधिकार, आवाज र युवाको भविष्यको कुरा हुँदा मौनता नखोज्ने र जसले बोली रोकेको छ त्यसलाई अब हाम्रो दृढताले जवाफ दिने उल्लेख गरेका छन् ।




