बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूको धर्ना

`

     २०८२ मंसिर ०८ गते २:४४

काठमाडौँ । बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले धर्ना दिएका छन्।

सहकारी पीडितले काठमाडौँको बुद्धनगरस्थित सहकारी विभागको कार्यालयमा आइतबार धर्ना दिएका हुन्।

सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नु परेको सहकारी पीडितहरूले बताएका छन् । उनीहरुले गत शुक्रबार पनि विभाग अगाडि धर्ना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?