काठमाडौँ, मङ्सिर ४ । बाराको सिमरामा जेनजी युवाले राजमार्ग अवरुद्ध पार्दै गरेको आजको प्रदर्शन स्थगित भएको छ ।
कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने प्रशासनको आश्वासनपछि आजको प्रदर्शन स्थगित गरिएको छ । प्रदर्शन स्थगित भएसँगै अवरुद्ध भएका सडक सुचारु भएका छन् ।
जेनजी युवाहरुले प्रशासनसँगको संवादपछि प्रदर्शन स्थगित गरिएको बताएका छन् । जेनजी युवाहरुले शुक्रबार प्रशासनसँग वार्ता गर्ने भएका छन् ।




