काठमाडाैँ, ९ चैत । विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरस (कोभिड- १९)ले अहिले विश्वलाई नै त्रसित बनाएको छ । चीनबाट सुरू भएर विश्वभर महामारीका रुपमा फैलिँदै गएको काेराेनाकाे संक्रमण पछिल्लाे समय सबैभन्दा बढी युरोपमा देखा परेको देखिन्छ ।
युरोपका इटाली, स्पेन, बेलायत, स्वीट्जरल्यान्ड लगायतका मुलुकहरुमा कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभाव बढी परेको छ । इटालीको अवस्था त अहिले विश्वकै सबैभन्दा भयावह भएको छ ।
कतिलाई त काेराेना लागेपछि मरिहालिन्छ भन्ने पनि लागेकाे हुन सक्छ, तर त्यस्ताे भने हुँदैन । कोरोना सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार कोरोना लागेकाहरुमध्ये ४.१३ प्रतिशतको मात्रै मृत्यु भएको छ ।

त्यसमा पनि उमेरगत समूह अनुसार हेर्ने हाे भने अधिकांश मृत्यु र संक्रमणका घटना ४० वर्ष माथिका व्यक्तिमा देखिएकाे छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिलेसम्म विश्वव्यापी रूपमा काेराेना भाइरसकाे गम्भीरता ८० वर्षमाथिका व्यक्तिमा देखिएकाे छ । ८० वर्ष नाघेका व्यक्तिकाे काेराेना संक्रमणबाट मृत्युदर जम्मा पुष्टि भएका संक्रमितकाे २१ प्रतिशत रहेकाे छ ।
४० वर्षभन्दा तलकाकाे मृत्यु हुने सम्भावना ज्यादै कम छ भने युवा तथा बालबालिकामा भने याे सम्भावना क्षीण देखिएकाे छ । उमेर जति कम छ उति नै यसबाट मृत्यु हुने सम्भावना पनि कम रहेकाे अध्ययनहरूबाट पुष्टि भएकाे छ ।

दमका राेगि भएकाहरूमा काेराेना भाइरस सबैभन्दा बढी संक्रमण हुने देखिएकाे छ । आज्मा यूकेका अनुसार कोरोना भाइरसकाे सङ्क्रमणले श्वासप्रवासमा ठूलाे असर गर्ने गर्छ । ‘काेराेना भाइरसका कारण जसलाई चिन्ता छ, उनीहरूलाई दमबाट जोगिन शृङ्खलाबद्ध रूपमा विभिन्न उपायहरू अपनाउनुपर्छ,’ आज्मा यूकेले भनेका छन् ।
जस्तो चिकित्सहरूले दिएको सल्लाह अनुसार दम रोक्नका निम्ति सुघ्ने र तान्ने औषधिको नियमित प्रयोग गर्नुपर्छ। त्यसले कोरोनाभाइरस लगायतका श्वासप्रश्वासलाई प्रभावित पार्ने भाइरसको आक्रमणको जोखिम कम गर्छ । काेराेना र दमकाे केहि लक्षाणहरू पनि मिल्दाेजुल्दाे हुन्छ ।
दम र कोरोनाबीच मिल्ने लक्षाण
-छिटछिटो सास फेर्नु
-ज्वरो आउनु
-सास फेर्न गाह्रो हुने
-बारम्बार खोकी लाग्नु
-समयमा उपचार नभएका निमोनिया हुनु
-फोक्सोको संक्रमण
-हाछ्यूँ आउने
काेराेनाबाट कसरी बच्ने ?
-रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने
-नियमित साबुन पानीले हात धुने
-खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने
-जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने
-अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने
-फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने




