टेकअफको क्रममा बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

`

     २०८२ कार्तिक ३० गते १:५४

काठमाडौं, कात्तिक २९ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको लागि उड्न लागेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ।

शनिबार बिहान १० बजेतिर काठमाडौं उड्न लागेको उडान नम्बर ६०४ को नाइन एन-एएमडी जहाज टेकअफको क्रममा चरा ठोक्किएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए।

जाँच गरेपछि नागरिक उड्डयन प्राधिकरणबाट सहमति प्राप्त गरिएको पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?