काठमाडौं, कात्तिक २७ । नेपाल प्रहरीका ३२औं आइजिपी चन्द्रकुबेर खापुङ अवकाशमा गएका छन्।
गए रातिदेखि खापुङ ३० वर्षे सेवा अवधि हदका कारणले अवकाशमा गएका हुन्।
यस्तै आजदेखि नेपाल प्रहरीको कमाण्ड दानबहादुर कार्कीले सम्हाल्दैछन्।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कार्कीलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो।




