२६ कात्तिक, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।
कवीर सोप अध्यक्ष रहेको र चुनाव चिह्न जाँतो रहेको पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । आयोगले दर्ता गरेर दल दर्ताको प्रमाणपत्र दिएको हो ।
योसँगै जेनजी आन्दोलनपछि दर्ता हुने दलको संख्या पाँच पुगेको छ ।




