फागुन २१ को निर्वाचन झुटको खेती भएको ओलीको आरोप

`

     २०८२ कार्तिक ०२ गते ५:५४

काठमाडौँ, १ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी मुख्यालय च्यासलमा शनिबार आयोजित सम्पर्क समन्वय कमिटीको कार्यक्रममा बोल्दै सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाएका छन्।

उनले निर्वाचन गराउने सोच सरकारसँग नभएकाले नै आफ्नो पार्टीले प्रतिनिधिसभा पुनर्स्थापनाको माग अघि बढाउनु परेको तर्क गरे। जेनजी आन्दोलनमा लुटिएका हतियारसमेत फिर्ता गराउन नसक्ने सरकारले निर्वाचनको नाटकीय गतिविधि गरिरहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?