राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय

`

     २०८२ आश्विन ३० गते ५:४६

काठमाडौं, ३० असोज । सरकारले केपी शर्मा ओलीको पालामा राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनीहरूलाई कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन दिइएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?