प्रधानमन्त्री कार्की र बेलायतका राजदूतबिच शिष्टाचार भेटवार्ता

`

     २०८२ आश्विन २९ गते ४:३८

काठमाडौँ, २९ असोज । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि बेलायती राजदूत रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलबिच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको हो ।

उक्त भेटमा असामान्य परिस्थितिमा बनेको सरकारका मुख्य प्राथमिकता र जिम्मेवारी सुशासन र निर्वाचन रहेका बताउँदै प्रधानमन्त्री कार्कीले तोकिएको समयमै स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?