काठमाडौं, २४ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षाको जिम्मा राष्ट्रिय युवा संघ नेपाल, भूपू सैनिक र प्रहरी संगठनले लिने भएका छन् ।
एमाले नेता राजीव पहारीले अब जनताको नेताको सुरक्षाको जिम्मा जनताले नै लिने बताए । सरकारले मापदण्डविपरीत भन्दै पूर्व प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६१ सुरक्षाकर्मी फिर्ता बोलाएको थियो । सरकारले सुरक्षाकर्मी घटाएपछि एमालेका भातृ संगठन र सुभेच्छुक संस्थाहरुले अध्यक्ष ओलीको सुरक्षाको जिम्मा लिने भएका हुन् ।




