काठमाडौं, असोज २४ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा ९एमाले०ले भोलि गर्ने भनिएको प्रदर्शनका लागि स्वीकृति नदिने भएको छ । आज ९शुक्रबार० एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सुरक्षा जोखिम बढ्ने भएकाले कुनै पनि समूहलाई प्रदर्शनको अनुमति नदिने निर्णय भएको जानकारी दिएका हुन् ।
प्रशासनको सूचनामा कुनै निश्चित सूमह तोकिएको छैन । तर, फरकफरक समूहले भोलि काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकल र्याली तथा सभा गर्ने सूचना प्राप्त भएको प्रशासनले जनाएको छ ।
यस्तै सचिवालय बैठकमा प्रतिनिधिसभा पूनःस्थापनाको विषयमा पनि साझा मत बनाउने वा निर्वाचनको पक्षमा जाने भन्ने विषयमा निर्णय हुने भनिएको छ ।




