काठमाडौं, ९ चैत। सत्तारूढ नेकपाका एक जना सांसदले आफ्नो तीन महिनाको तलब जिल्ला अस्पतालमा आइसोलेन वार्ड स्थापना गर्न दिने भएका छन् ।
नेकपा पर्वतका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य पदम गिरीले आइतबार आइसोलेसन वार्ड स्थापनाका लागि ३ महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन्।

गिरीले आफ्नो निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड स्थापना तथा अत्यावश्यक उपकरण तथा सामग्री खरिद गर्न सघाउने उद्देश्यले तीन महिनाको तलब प्रदान गर्ने भन्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।




