काठमाडौँ । देशभर बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १७ गतेदेखि २१ गतेसम्म बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ५१ पुगेको हो ।
जसमा सबै भन्दा धेरै इलाममा रहेका छन् । इलाममा पहिरोबाट ३७ र बाढीमा एक जना गरि ३८ जनाको मृत्यु भएको छ




