बढी भाडादर असुल गर्ने व्यवसायीलाई तत्कालै कारबाही गर्छौं: मन्त्री घिसिङ

`

     २०८२ आश्विन १५ गते १२:५४

काठमाडौं, असोज १५ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत एवम् कानूनको प्रतिकूल हुनेगरी निर्धारितभन्दा बढी भाडादर असुल्ने यातायात व्यसायीलाई तत्कालै कारबाही गरिने बताएका छन् ।

चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानून विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?