सरकारी वकिलद्वारा महेश बस्नेतमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई पत्राचार

`

     २०८२ आश्विन १३ गते १०:१५

काठमाडौं, असोज १३ । नेकपा एमालेका नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा अनुसन्धान अगाडि बढाउन सरकारी वकिलको कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गर्दै बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा थप अनुसन्धान अघि बढाउन भनेको हो।

जिल्ला न्यायाधिवक्ता उदयचन्द अधिकारीले लेखेको पत्रमा ‘प्रतिवादी बस्नेतलाई कागज गराई खुलाउन लगाउने’ भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?