चीनका कृषिमन्त्रीलाई भ्रष्टाचारको मुद्दामा मृत्युदण्डको सजाय

`

     २०८२ आश्विन १३ गते १२:०२

काठमाडौँ । चीनका पूर्व कृषिमन्त्री ताङ रेजियानलाई भ्रष्टाचारको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, ताङले २००७ देखि २०२४ सम्म विभिन्न पदहरूमा रहँदा करोडौंभन्दा बढीको घूस नगद र सम्पत्तिमा लिएका थिए ।

यद्यपि, उनलाई दुई वर्षको राहत दिइएको छ । अदालतले ताङको राजनीतिक अधिकार खोसिएको फैसला सुनायो । अदालतले ताङको सबै सम्पत्ति जफत गरिने र घुसखोरीबाट सङ्कलन गरिएको रकम फिर्ता गरी राष्ट्रिय कोषमा जम्मा गरिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?