हर्क साम्पाङले दल दर्ताका लागि दिए निवेदन

`

     २०८२ आश्विन १२ गते ४:३४

काठमाडौं, असोज १२ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् ।

उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । खानेपानीको मुद्दा बोकेर हिँडेका साम्पाङ गत स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर निर्वाचित गरेका थिए ।

मेयर निर्वाचित भएयता उनी खानेपानी आयोजना निर्माणमा सक्रिय छन् । धरानमा साम्पाङले ‘श्रमदान’ अभियान नै चलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?