काठमाडौँ, १२ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका अवसरमा यो वर्षको टीका तथा जमरा सर्वसाधारणलाई नलगाउने भएका छन् ।
आइतबार दसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आफूले पारिवारिक र सांस्कृतिक रूपमा मात्र यो वर्षको दसैँ मनाउने प्रस्ट पारेका हुन् ।
पूर्वराजा शाहले सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास नै रहेको प्रस्ट पार्दै हाम्रो राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जनमनोभावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी रहेको जनाएका छन् ।




