नयाँ पासपोर्ट बनायो देउवा दम्पतीले, विदेश भासिनु लागेको हो

`

     २०८२ आश्विन ०९ गते ५:०६

काठमाडौं, असोज ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाले यही असोज ३ गते, शुक्रबार नयाँ पासपोर्ट निकालेको थाहा भएको छ।

उनीहरूले नयाँ पासपोर्ट बनाएको सूचना सरकारले केही दिन अगाडि नै पाइसकेको एक उच्च स्रोतले जनायो। स्रोतका अनुसार उनीहरूको पासपोर्टमा थाइल्यान्डको भिसा पनि लागिसकेको छ।

देउवा दम्पती उपचारका लागि वा अरू कुनै कारण देखाएर विदेश जान सक्ने भन्दै सरकारले सुरक्षा संयन्त्रलाई सतर्क पनि गराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?