राष्ट्रिय भूमि आयोग अन्ततः खारेज हुने

`

     २०८२ आश्विन ०९ गते ११:१७

काठमाडौँ, ९ असोज । जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार बनेसँगै अन्योलग्रस्त अवस्थामा पुगेको राष्ट्रिय भूमि आयोग अन्ततः खारेज हुने भएको छ ।

गठन आदेशमार्फत पछिल्लो पटक केपी ओली सरकारले गत वर्ष कात्तिकमा स्थापना गरेको उक्त आयोगलाई खारेज गर्नेगरी आइतबार बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको हो । योसँगै केन्द्रसहित ७७ वटै जिल्लामा नियुक्त भएका पदाधिकारी तथा कर्मचारीको ‘जागिर’ समेत धरापमा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?