काठमाडौँ, ६ असोज । जेनजी प्रदर्शनमा रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट लुटिएको ७ थान पेस्तोल प्रहरीले बालाजु क्षेत्रबाट बरामद गरेको छ ।
पेस्तोल लुटेको आरोपमा उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर–८ घर भएका ३० वर्षीय हिराबहादुर मगरलाई प्रहरी वृत्त बालाजुको टोलीले पक्राउ गरेको छ ।
ट्याक्सीको डिक्कीबाट प्रहरीले पेस्तोल बरामद गरेको हो ।




