काठमाडौँ । शिक्षा मन्त्री महाबिर पुन अपर्झटमा किताब बेचिरहेको मान्छेलाई मन्त्री बनाएकोले के गर्नुहुन्छ भनेर नसोध्न आग्रह गरेका छन् ।
मन्त्रीको शपथ लिएपछि प्रतिक्रिया दिदै आफु अपर्झट मन्त्री बनेकोले विज्ञसँग छलफल गरेर कार्यक्रम बनाउने बताउदै किताब बेचिरहेको मान्छेलाई मन्त्री बनाएकोले के गर्नुहुन्छ भनेर नसोध्न आग्रह गरेका हुन् ।
उनले भने-अब म विज्ञहरुको सुझाव लिन्छु । राम्रा मान्छेको राम्रो सुझाव लिएर त्यसलाई कार्यान्वयन गर्छु ।




