काठमाडौं, ३ असोज । दुर्गा प्रसाईंले दशैं, तिहार र छठलगत्तै आन्दोलन गर्ने घोषणा गरेका छन् । उनले जेन–जि आन्दोलनमाथिको विश्वासघात र नयाँ संविधानको आवश्यकता भन्दै आज फेशबुकमार्फत यस्तो घोषणा गरेका हुन् ।
उनले भनेका छन्,‘जबसम्म हामी आफैँ जन्मेको माटोको सुगन्धसँग मेल खाने आन्दोलन र यसै भूमिको आत्मासँग जोडिएको संविधान निर्माण गर्न सक्दैनौँ, तबसम्म हरेक दशकमा यस देशमा नेपालीको रगतको खोलो बगिरहन्छ।’




