सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १ सय

`

     २०८२ भाद्र ३१ गते ११:१४

काठमाडौं । सुनको भाउमा मंगलबार फेरि नयाँ रेकर्ड बनेको छ ।

अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेसँगै चाँदी तोलामा २ हजार ५९५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?