कुलमानको पक्षमा शीतल निवास अगाडि युवाहरूको नाराबाजी

`

     २०८२ भाद्र २७ गते ६:१७

काठमाडौँ, २७ भदौ । उज्यालो नेपालका संवाहकका रूपमा चिनिएका कुलमान घिसिङ र सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पक्षमा युवाहरूले नाराबाजी गरेका छन् ।

शुक्रबार उनीहरुले शीतल निवास अगाडि नाराबाजीसहित प्रदर्शन गरेका हुन् । युवाहरूले अन्तरिम सरकार प्रमुखका लागि घिसिङ वा साम्पाङमध्ये एक जनालाई बनाउनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

युवाहरूको नाराबाजीपछि नेपाली सेना भने रोक्ने प्रयाससहित तयारी अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?