फेसबुकसहित सामाजिक सञ्जाल दर्ता गर्ने आज अन्तिम दिन, कुनै पनि आएनन् सम्पर्कमा

`

     २०८२ भाद्र १८ गते ५:०१

काठमाडौँ, १८ भदौ ।सरकारले फेसबुकसहित सामाजिक सञ्जाल दर्ताका लागि सूचना जारी गरेको आज अन्तिम दिन हो। सरकारले यही भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै अहिले नेपालमा चलिरहेका र नेपाल आउने तयारी गरिरहेका सामाजिक सञ्जाललाई अनिवार्य दर्ताका लागि भन्दै सात दिने सूचना निकालेको थियो।

सरकारले मन्त्रिपरिषद्‌बाटै निर्णय गरेर सामाजिक सञ्जाललाई दर्ता हुन नआए बन्द गरिदिने चेतावनी दिएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दिउँसो पौने ४ बजेसम्म कुनै पनि संस्था सूचीकृत हुन नआएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?