उखु किसानको अनुदान बढाउन सांसदहरुद्वारा माग

`

     २०८२ भाद्र १३ गते ३:०१

काठमाडौँ, १३ भदौ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले उखु किसानलाई दिइँदै आएको अनुदान बढाउन माग गरेका छन् । उखु किसानलाई दिइँदै आएको अनुदान कटौती भएको विषयमा उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।

आजको बैठकको शून्य समयमा सांसद गङ्गाकुमारी बेल्वासेले उखु किसानलाई विगतमा दिइँदै आएको अनुदानलाई निरन्तरता दिनुपर्ने बताइन् । सांसद गोपाल भट्टराईले बाढी र पहिरोका कारण अवरुद्ध छिमेकी मुलुक चीनसँगको तातोपानी र रसुवागढी नाका चाँडो सञ्चालनमा ल्याउन पहल गर्न सरकारसँग माग गरे । उनले कोरला नाका सञ्चालनमा ल्याउन समेत सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?