प्रधानमन्त्री ओली अगष्ट ३० मा चीन जाने

`

     २०८२ भाद्र ११ गते ६:०६

काठमाडौं, ११ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री यही अगष्ट ३०मा चीन जाने भएका हुन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको निमन्त्रणामा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर चीन जान लागेका हुन् ।

भ्रमणको क्रममा चीनमा रहँदा विश्वका विभिन्न नेताहरुसँगपनि प्रधानमन्त्री ओलीले भेट्ने जनाईएको छ । यस्तै, प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा एससिओ प्लस समिटलाई सम्बोधन गर्ने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?