काठमाडौँ, भदौ ११ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक शुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा शुरु भएको बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
आजको बैठकमा समसामयीक राजनैतिक एवं पार्टी गतिविधि, हस्ताक्षर अभियान, हुदै गरेको पार्टी प्रशिक्षण कार्यक्रमहरूवारे, संगठन सम्बन्धि गतिविधि बारे जानकारी र छलफल हुने छ ।




