राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते तोकियो

`

     २०८२ भाद्र ०९ गते १:०६

काठमाडौं, ९ भाद्र । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचन आगामी भदौ ११ गते हुने भएको छ । सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका सार्वजनिक गर्दै उक्त मिति तय गरेका हुन् ।

समितिको सभापति चयनका लागि आवश्यक प्रक्रिया पूरा गर्न सभामुखले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । राज्य व्यवस्था समिति संसद्को महत्त्वपूर्ण समिति हो, जसले सरकारको नीति, कानुन निर्माण र सुशासनका विषयमा छलफल र निर्णय गर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?