काठमाडौँ, ८ भदौ । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र नेपालका समकक्षी रामसहायप्रसाद यादवबिच शिष्टाचार भेटवार्ता भएको छ । भ्रमणका क्रममा हिजो नेपाल आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेकी हुन् ।
उपराष्ट्रपति यादवको मैत्रीपूर्ण निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आएकी हुन् । भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।




