अलैँचीको निर्यात दोब्बरले बढ्यो

`

     २०८२ भाद्र ०६ गते ४:५४

काठमाडौँ, ६ भदौ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा अलैँची निर्यात ९९ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउन महिनामा ३२ करोड १७ लाख ६१ हजार बराबरको अलैँची निर्यात भएको हो ।

गत एक महिनाको अवधिमा २१६ दशमलव १५ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आव २०८१र८२ मा १६ करोड १२ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?