मलाई एमालेमै रहेर काम गर्न कसैले रोक्न सक्दैन: विद्या भण्डारी

`

     २०८२ भाद्र ०५ गते ५:४६

काठमाडौँ, भदौ ५ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफुले एमालेमै रहेर राजनीति गर्ने स्पष्ट गरेकी छन् ।

बिहीबार काठमाडौंमा आयोजित आफ्नो सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफुलाई एमालेबाट राजनीति गर्न कसैले रोक्न नसक्ने भन्दै आफुले एमालेबाट नै राजनीति गर्ने बताएकी हुन् ।

भण्डारीले २०५१ सालदेखि नै एमाले सरकारमा निरन्तर रहेको बताउदै अब पार्टीको कामको मुल्यांकन हुनुपर्ने समेत माग गरेकी छन् । उनले पार्टीका विसंगतिलाई जोडदार रुपमा उठाउने बताउदै सरकारले सुशासन प्रवर्वद्धन गर्न नसकेको टिप्पणी गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?