‘इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी’

`

     २०८२ भाद्र ०५ गते १०:४१

काठमाडौँ, ५ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी रहेको बताएका छन् । नेपाल इँटा उद्योग महासङ्घ, मधेस प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाको बुधबार जनकपुरधाममा उद्घाटन गर्दै उनले उखु, आँप, माछा, धानलगायतको उत्पादनमा जस्तै इँटा उत्पादनमा पनि मधेस प्रदेशको योगदान महत्त्वपूर्ण रहेको बताए ।

मुलुकभर रहेका करिब एक हजार ३०० इँटा उद्योगमध्ये ७०० मधेस प्रदेशमा रहेको र तीमध्ये हाल ३२० भन्दा बढी उद्योग सञ्चालनमा रहेको मुख्यमन्त्री सिंहले उल्लेख गरे । इँटा उद्योगीहरूलाई प्रदेश सरकारले तोकेको न्यूनतम मापदण्ड पूरा गर्न उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?