काठमाडौँ, ३ भदौ । गण्डकी प्रदेशसभा भवनको आज शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका–३ नदीपुरस्थित हाल रहेको अस्थायी कार्यालय भवन परिसरकै पश्चिमतर्फ निर्माण गर्न लागिएको उक्त भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे।
निर्माणाधीन तीन तलाको भवन कूल रु २५ करोड ३७ लाख ८२ हजार ८६१ लागतमा बन्ने छ । सहरी विकास तथा भवन कार्यालय कास्कीले तयार गरेको विस्तृत आयोजना प्रतिवेदनअनुसार भवन निर्माण गरिने गण्डकी प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए। श्रेष्ठ एन्ड सन्सरइस्ट वेस्ट जेभी काठमाडौँले उक्त भवनको जिम्मा पाएको छ ।




