काठमाडौं, २ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । लामिछानेलाई गत शनिबार भैरहवाबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो ।
उनको छालामा पहेँलोजस्तो देखिएपछि स्वास्थ्य जाँचका लागि अनुरोध गरिएको र अहिले रगत परीक्षणका लागि अस्पताल पठाइए बताइएको छ । उनको स्वास्थ्य परीक्षणको रिपोर्ट भने आइनसकेको बताइएको छ ।




