चक्रे मिलनलाई धरौटीमा छाड्न आदेश

`

     २०८२ श्रावण ३१ गते ७:२७

काठमाडौं, साउन ३० । ज्यान मार्ने उद्योग कसुरमा चक्रे मिलन भनिने मिलन गुरूङलाई १ लाख १० हजार धरौटीमा छाड्ने आदेश भएको छ।

शुक्रबार जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी हिराकुमारी भण्डारीले बताइन्।

सरकारी वकिलको कार्यालय भक्तपुरले ज्यान मार्ने उद्योग कसुरमा उनीविरूद्ध अदालतमा मुद्दा दायर गरेको थियो।

उनीमाथि भक्तपुरमा मनिष रायमाझी भन्ने व्यक्तिमाथि खुकुरी प्रहार गर्न लगाएको आरोप थियो।

सरकारी वकिलको कार्यालयमा चक्रे मिलनले भने मनिष रायमाझीलाई नचिन्ने बयान दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?