रेखा थापाले माग गरिन् राप्रपामा विशेष महाधिवेशन

`

     २०८२ श्रावण २९ गते ५:३१

काठमाडौं, साउन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ एवं अभिनेत्री रेखा थापाले विशेष महाधिवेशनको माग गरेकी छन् ।

पार्टीभित्र विवाद बढ्दै गएपछि थापाले सामाजिक सञ्जाल मार्फत विशेष महाधिवेशनको माग गरेकी हुन् ।

‘राप्रपाभित्रको किचलोले विशेष महाधिवेशनको माग भएन र रु’ नेत्री थापाले लेखेकी छन् । थापा गत महाधिवेशनमा महामन्त्री पदमा पराजित भएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?