उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ

`

     २०८२ श्रावण २९ गते ११:४६

काठमाडौं, साउन २८ । उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार बिहान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थिति र उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर समक्ष शपथ ग्रहण भएको हो।

न्याय परिषदले गत साउन २२ गते २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।

सिफारिसअनुसार बुधबार सबै न्यायाधीशहरूले शपथ लिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?