समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु : रामहरि खतिवडा

`

     २०८२ श्रावण २८ गते ५:१७

काठमाडौं, साउन २७ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि प्रतिनिधि सभाको बैठकबाट राजीनामा घोषणा गरेका हुन्। उनले आफू दोषी नभए पनि राजीनामा दिएको उनले बताए ।

उनले भने, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?