ऊर्जामन्त्री खड्का र अष्ट्रेलियाली राजदूतबीच शिष्टाचार भेट

`

     २०८२ श्रावण २७ गते ६:१३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कासँग अष्ट्रेलियाकी नेपालस्थित राजदूत लिआन जोनस्टनले शिष्टाचार भेट गरेकी छन् ।

ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले नेपाल सरकार र मन्त्रालयको तर्फबाट राजदूत जोनस्टनलाई स्वागत गर्दै नेपाल–अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध यस वर्ष ६५ औं वर्षमा प्रवेश गरेको प्रसंग स्मरण गरे । उनले नेपाललाई प्रदान हुँदै आएको अष्ट्रेलियाली सहयोगप्रति आभार व्यक्त गर्दै, छात्रवृत्ति तथा क्षमता विकास कार्यक्रमहरूले नेपालको जनशक्ति सुदृढीकरणमा खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।

मन्त्री खड्काले जलविद्युत विकास, नवीकरणीय ऊर्जा, प्रसारण प्रणाली आधुनिकीकरण, जलवायु अनुकूलित सिंचाइ, स्वच्छ ऊर्जा, पूर्वाधार र प्रविधि क्षेत्रमा सहकार्यको अपार सम्भावना रहेको उल्लेख गर्दै नेपालको हरित ऊर्जा रूपान्तरण यात्रामा अष्ट्रेलियाली प्रविधि र लगानीलाई स्वागत गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?