काठमाडौँ, साउन २६ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथिको बहस सकिएको छ । न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा परेको पेशीमाथि बहस सकिएर आदेश लेखनको काम भइरहेको अदालत स्रोतले जानकारी दिएको छ ।
बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् ।




