advertisement

देश बाहिर रहेका नेपालहरूलाई नआत्तिन र चिन्तित नहुन आग्रह  पनि गरे । ‘मुलुक बाहिर ठूलो संख्यामा नेपाली दिदिबहिनी तथा दाजुभाईहरु रहँदै आउनु भएको छ । कोरोना भाइरसको महामारीका कारण तपाईहरुलाई मुलुक फर्किन केही असुविधा परेको मेरो जानकारीमा छ,’ उनले भने ‘यस घडीमा, नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवस्यक पर्दा आफू रहेको देशको कुटनीतिक नियोगमा सम्पर्क राख्नु हुन आग्रह गर्दछु । हाम्रा नियोगहरुले तपाईहरुका समस्या हल गर्न सक्दो सहयोग गर्ने जानकारी गराउँदछु ।’

काेराेना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने समेत उनले बताए । ‘काेराेना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी राख्ने छैन, यसका लागि देशभरका अस्पतालहरूबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधि र उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ,’ उनले भने ।

चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षा निकाय लगायतका जनशक्तिलाई उचित प्रोत्साहन सहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको पनि प्रधानमन्त्री ओलीले बताए । विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिने पनि बताए  ।

 

" /> भुकम्प र नाकाबन्दी सामना गर्‍याैं, अब कोरोनाको सामना गर्न सबैले सहयोग गर्नुहोस् : प्रम ओली - Sarbocha Media

भुकम्प र नाकाबन्दी सामना गर्‍याैं, अब कोरोनाको सामना गर्न सबैले सहयोग गर्नुहोस् : प्रम ओली

`

     २०७६ चैत्र ०७ गते १:३५

काठमाडाैं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको समाना गर्नको लागि सबैको साथ सहयोग आवश्वक परेको बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै यो अप्ठ्यारो घडीमा सबैले सहयोग गर्नेमा आफू विश्वस्त भएको बताए ।

२०७२ सालको विनासकारी भुकम्प र त्यसपछि सिर्जित प्रतिकुलतालाई दृढताका साथ सामना गरेको बताउँदै उनले भने, ‘यस अप्ठ्यारो घडीमा पनि विनासकारी भुकम्प र नाकाबन्दीमा जस्तै दृढता सहित, सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइले पूर्ण सहयोग र साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

सबैले सहयोग कोरोना भाइरसको सम्भावित संक्रमणबाट आम जनसमुदायलाई सुरक्षित राख्न सफल हुने  प्रधानमन्त्री ओलीलेकाे भनाइ थियाे । अहिलेसम्म सहयोग गर्ने निजी क्षेत्र, संघसंस्था, दुबै छिमेकी तथा अन्य मित्रराष्ट्रहरू लगायत अन्तर्राष्ट्रिय समुदायहरुलाई धन्यवाद पनि दिए ।

advertisement

देश बाहिर रहेका नेपालहरूलाई नआत्तिन र चिन्तित नहुन आग्रह  पनि गरे । ‘मुलुक बाहिर ठूलो संख्यामा नेपाली दिदिबहिनी तथा दाजुभाईहरु रहँदै आउनु भएको छ । कोरोना भाइरसको महामारीका कारण तपाईहरुलाई मुलुक फर्किन केही असुविधा परेको मेरो जानकारीमा छ,’ उनले भने ‘यस घडीमा, नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवस्यक पर्दा आफू रहेको देशको कुटनीतिक नियोगमा सम्पर्क राख्नु हुन आग्रह गर्दछु । हाम्रा नियोगहरुले तपाईहरुका समस्या हल गर्न सक्दो सहयोग गर्ने जानकारी गराउँदछु ।’

काेराेना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने समेत उनले बताए । ‘काेराेना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी राख्ने छैन, यसका लागि देशभरका अस्पतालहरूबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधि र उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ,’ उनले भने ।

चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षा निकाय लगायतका जनशक्तिलाई उचित प्रोत्साहन सहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको पनि प्रधानमन्त्री ओलीले बताए । विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिने पनि बताए  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?