काठमाडौं, साउन । हितेन्द्र शाक्य कार्यकारी निर्देशक भएर आएपछि नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट बढेको छ । नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८१\८२ को तथ्यांकले यस्तो अवस्था देखाएको हो । यो अवधिमा अधिकांश वितरण केन्द्रको चुहावट बढेको छ ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०८०\८१ मा वितरण केन्द्रहरूको औसत विद्युत् चुहावट ९.५९ प्रतिशत रहेको थियो । यो तथ्यांक आर्थिक वर्ष २०८१र८२ मा १०.७६ प्रतिशत पुगेको देखिन्छ । यो १.१७ प्रतिशत विन्दुको वृद्धि हो ।
तथ्याङ्कअनुसार, बागमती प्रदेशको हेटौंडा डिभिजनल वितरण कार्यालयमा चुहावट सबैभन्दा धेरै २.४५ प्रतिशत विन्दुले बढेर ७.१९ प्रतिशतबाट बढेर ९।६४ प्रतिशत पुगेको छ।




