अग्रज र शहिदहरुका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लागौं: प्रधानमन्त्री ओली

`

     २०८२ श्रावण १८ गते ४:५६

काठमाडौँ, श्रावण १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरुका सङ्कल्पलाई। पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन् ।

तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज आयोजित २८ औँ तुल्सीलाल स्मृति दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

नेकपा का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले तुल्सीलालले निष्ठा र त्यागको राजनीतिका आधारमा देखाएको आदर्शलाई पछ्याउँदै अघि बढ्ने सङ्कल्प गर्नुपरेको बताए । उनले संविधानसभाबाट गणतन्त्र ल्याउने अग्रजहरुको लामो समयदेखिको दूरदृष्टिकै आधारमा संविधानसभाले नेपालको संविधान बनाएको स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?